६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरबाट निर्वाचनको उम्मेदवार बनेपछि सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा



काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

घिसिङ आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी तयारीमा छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।