ललितपुर
पछिल्लो साता चलचित्रको व्यापार उत्साहजनक छैन । चलचित्र परान प्रर्दशन भएपछि थुप्रै चलचित्र हलमा प्रर्दशन भएपछि सबै चलचित्र लगानी उठाउने हालतमा छैनन् । कतिपय चलचित्रले प्रचारमा प्रयोग भएको गाडीको भाडा उठाउने समेत हैसियत देखाएनन् ।
चलचित्रको व्यापार दयनिय भए पनि माघ महिनाभर प्रर्दशनका लागि ९ वटा नयाँ चलचित्रहरुको भीड लागको छ ।
माघ १ गते यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ प्रर्दशन भयो । टेलिचलचित्रका चर्चित कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको डेव्यु निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ पनि माघ १ गतेबाट प्रर्दशन सुरु भएको छ । निगम श्रेष्ठको निर्देशनमा बनेको सौगात मल्ल र श्रृष्टिको चलचित्र ‘भाइरल गोर्खे’ पनि माघे संक्रान्तिको अवसर पारेर प्रर्दशन भयो ।
आगामी माघ ९ गते पनि दुई चलचित्र प्रर्दशनको तरखरमा छन् । पछिल्लो पुस्ताका एक्सन नायकको छवि बनाएका सुशील श्रेष्ठको एक्सन चलचित्र ‘परिवर्तन’ यसै दिनबाट प्रर्दशनको तयारीमा छ । जसको निर्देशन विजय केरुङले गरेका हुन् । माघ ९ गते महेश कोइराला निर्देशित चलचित्र ‘विगुल’ प्रर्दशनको तयारीमा छ ।
माघ १५ गतेदेखि चन्द्र पन्तको चलचित्र ‘आबाट आमा’ प्रर्दशन मिती तोकिएको छ । सोही दिन चलचित्र ‘व्लु लाइट’ समेत प्रर्दशनको पर्खाइमा छ ।

माघ २३ गतेबाट सफल चलिचत्र निर्देशक दिनेश राउतको प्रेम कथामा आधारित चलचित्र ‘कुमारी’ प्रर्दशन हुँदैछ । चलचित्रका कलाकारहरु अभिशेक खड्का र अभिनेत्री आकृति राजभण्डारीको जोडीलाई दर्शकलाई मन पराइरहेका छन् । यस चलचित्रको ‘डोको बुन्ने निगालो चोया’ले बोलको गीत सर्वाधिक हिट बनेको छ । सोही मितीमा सुलिप्तको निर्देशनमा बनेको चलचित्र ‘रमिलाको पिरती’ पनि पनलने पर्खेर बसेको छ ।
माघको चिसो समयमा यी चलचित्रले बजार तातो बनाउछन् कि चिसो राख्छन् समयले नै बताउला ।








प्रतिक्रिया