७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर–२ मा पत्रकार जन्मदेव जैसीले गराए प्रलोपाबाट उम्मेदवारी दर्ता



भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।

कालिकोट स्थायी घर भएका प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार सङ्घ नेपालका अध्यक्ष जैसीले पार्टी अध्यक्ष परिषद्का सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता लगत्तै जैसीले आफ्नो चुनाव चिन्ह ‘आँखा’ रहेको स्पष्ट पार्दै अब आँखा चिम्लेर होइन, आँखा खोलेर राजनीति गर्ने समय आएको उल्लेख गर्दै समस्या देख्ने र समाधान खोज्ने राजनीतिको आवश्यकता औँल्याएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।