१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्रको प्रचार गर्न पल शाह पोखरामा



पोखरा

पछिल्लो पुस्ताका चर्चित अभिनेता पल शाह प्रचार प्रसारका लागि पोखरा आइपुगेका छन् ।
यही माघ १६ गतेबाट प्रदर्शनमा आउने आफ्नो चलचित्र ‘आ बाट आमा’का अन्य कलाकारहरु सहित शाह पोखरा पुगेका छन् । उनको साथमा कलाकारहरु विपना थापा, उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेलका साथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन् । पल पोखरा पुगेसँगै निर्माण टिमले पत्रकारहरुसँग अन्र्तक्रिया गर्नेछन् ।

सोमबार मात्रै यो चलचित्रलाई केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको थियो।

 

निर्देशक चन्द्र पन्तले यस चलचित्रलाई थप प्रचारप्रसारमा सघाउन भारतबाट आएर अभिनेत्री विपना थापा,अर्का अभिनेता प्रदीप रावतले जोडबल गरिरहेको बताए। विपना र प्रदीपका अलवा नेपालमा रहेका अभिनेता पल शाह,उषा उप्रेती,सिमरन पन्त पनि उतिकै लागेका छन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस चलचित्रमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ।
साथै चलचित्रको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन्। चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

चलचित्रको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।

स्मरण रहोस्, यस चलचित्रमा समावेश गीत लैजा खवर ए हावा र जाँदैछु नौ डाँडा काटेर चर्चा छ । जुन गीतले ३० लाखभन्दा माथी भ्युज कमाई सकेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, मंगलबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।