२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कलाकार सुनिल थापाको निधनपछि कलाकर्मीहरु स्तव्ध



ललितखबर
आज एकाविहानै दुखद खबर सार्वजनिक भयो – कलाकार सुनिल थापाको निधन । यो खबर बाहिरिएसँगै नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरु स्तव्ध भएका छन् ।
चलचित्रको पर्दामा डरलाग्दो खलपात्रको अभिनयमा माहिर सुनिल थापाको अप्रत्यासित निधनको खबर पाएपछि कलाकार, संगीतकार र चलचित्र निर्देशकलगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।
महानायक राजेश हमालले फेसबुकमा लेखेर ’सपना’ चलचित्रमा उनसँग आफ्नो एउटा दृश्य रहेको स्मरण गर्दै श्रद्धाञ्जली दिए ।
अभिनेत्री प्रियंका कार्कीले आफू सात वर्षको हुँदा चलचित्र महादेवीमा बुबाको भूमिका निर्वाह गरेको स्मरण गर्दै क्यामेराहरू रोकिएपछि कलाकार थापाले मार्गदर्शक बनेर प्रोत्साहन दिरेको सम्झना गर्दै सामाजिक सञ्जालमा लेख्छिने ‘आज, नेपाली सिनेमामा बत्तीहरू अलिकति मधुरो भएका छन् । एक कोमल आत्मा, एक प्रतिभाशाली कलाकार, एक उदास व्यक्तित्व धेरै चाँडै बित्नुभयो। प्रिय सुनील थापा सर, स्वर्गदूतहरू र पुतलीहरूसँगै तपाईंको आत्मा स्वतन्त्र रूपमा उडोस् । ’
अभिनेत्री निशा अधिकारीले आज कला क्षेत्रले आफ्नै एक स्तम्भ गुमाएको स्मरण गर्दै लेख्छिन्, ‘सुनिल थापाज्यू केवल अभिनेता हुनुहुन्थेन, उहाँ समर्पण, अनुशासन र कलाकारिताको एउटा विद्यालय हुनुहुन्थ्यो। उहाँसँगैको यात्रा, सिकाइ र प्रेरणाहरू सधैं सम्झनामा रहनेछन् । उहाँले सिनेमा मार्फत सिर्जना गर्नुभएको विरासत पुस्तौँसम्म जीवित रहनेछ ।’
चर्चित अभिनेता भुवन केसी नेपाली चलचित्र क्षेत्रले आज देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको स्मरण गर्दै भारतीय चलचित्रमा पनि स्थापित कलाकार रहेको बताउदै थापासँग चलचित्र चिनोमा सँगै काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौं अन्तरङ्ग क्षण बिताएको सम्झना सार्वजनिक गरेका छन् ।
हास्य कलाकार हिमेश पन्तले कलाकार थापाले आफूलाई हिमेश साथी भन्दै सम्बोधन गर्ने गरेको र चासो राख्ने व्यक्तित्व भन्दै प्रोत्साहन गरेको स्मरण गरेका छन् ।
अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदै आफूहरु कलाकार थापाले बनाएको राजमार्गमा हामी हिडिरहेको बताउदै हरेक मोडमा सम्झिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समकालीन अभिनेत्री करिक्ष्मा मानन्धरले कलाकार सुनिल चलचित्र जगतमा पाइला राखेदेखि नै अभिभावक, साथी र परिवारजस्तै बनेर मार्गदर्शन दिने व्यक्तित्व भएको बताएकी छिन् उनले लेखेकी छिन्,‘नेपाली चलचित्र क्षेत्रलाई तिमीले दिएको अतुलनीय योगदान सधैं सबैका बीच जीवित रहनेछ। तिम्रो गतिशील व्यक्तित्व र सबैलाई माया गर्ने आत्मीय छवि हाम्रो स्मृतिमा सधैं अमिट रहनेछ।’
कलाकार तथा निर्माता रविन्द्रसिंह बानिया आफू थापाको चलचित्र हेरेर हुर्केको बताउदै निर्देशक तुलसी घिमिरे पहाड चलचित्रमा संगै काम गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै लेख्छन्, ‘हजुरको सादगी, रमाईलो गर्ने, हास्ने हसाउने मिलनसार सहयोगी बानि देखेर तपाइको झन् ठुलो फ्यान भएको थिए । संगैकाम गर्ने बाचा तोडेर यति छिट्टै जानु भो दाजु । सिनेमासंगै सम्झनामा हामीसंगै रहीरहनुहुनेछ ।’
कलाकार सुनिल थापाका सयौं चलचित्र हिट भए । उनी आफै खलपात्रमा हिट थिए । उनको योगदान नेपाली चलचित्रमा मात्रै छैन । थापा सफल चलचित्र ’एक दूजे के लिए’बाट चर्चा कमाएका थिए । उनलाई बलिउडका अभिनेता देव आनन्दले ’साहेब बहादुर’ मा बे्रक दिएका थिए ।
उनको रजनी सुब्बासँग विवाह भएको थियो ।
थापाको आज विहान हृदयघातपछि उपचारको क्रममा काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : २५ माघ २०८२, शनिबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।