२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरस्थित गोदावरी नगरका इञ्जिनियरविरुद्ध झण्डै दुई करोड भ्रष्टाचारको मुद्धा दायर



ललितखबर
ललितपुरस्थित गोदावरी नगरका इञ्जिनियरविरुद्ध झण्डै दुई करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०७६ फागुन १ गतेबाट नगरपालिकाले करारमा नियुक्ति पाएका सुवास विष्टविरुद्ध  विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।
आयोगले जारी गरेको विज्ञप्ती अनुसार उनले २०८१ ऋसार १४ गतेसम्मको अवधिमा एकाघरको सम्पती मूल्यांकनको आधारमा ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ आर्जन गरेको र सो अवधिको खर्च र लगानी घटाउदा १ करोड ९७ लाख १ ५७ रुपैया बराबरको रकमको श्रोत रुपैयाँ विवरण नबुझाएको पाएपछि अन्तिम फैसलाका लागि मुद्दा दायर गरिएको हो ।
अख्तियारले उनले आर्जन गरेको सम्पती जफत गर्न र हर्दै सम्माको कारवाही गरेको छ । सो मुद्दा दायर गर्नुअघि गोदावरीका ईञ्जिनियरविरुद्ध उजुरी परेको श्रोतले जानकारी लिएको छ ।

मेयर उपमेयरलगायत नगरपालिकाका १४ जनालाई कारवाहीको माग

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र मुना अधिकारी विरुद्ध सर्वोच्च अदालतमा भष्ट्राचारको मुद्दा सर्वोच्चमा पुनरावेदनको निवेदन परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मेयर र उपमेयरविरुद्ध सर्वोच्चमा पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ ।

 

अख्तियारले गएको साउन ३० गते विशेष अदालतले सो मुद्दामा नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ दिएको विषयलाई चित्त नबुझेको भन्दै पुनरावेदन दिएको थियो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५्७६ देखि २०७९्८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।

उनीहरुविरुद्ध आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेका थिए ।
सो समयमा मुद्दादायर भएसँगै मेयर र उपमेयर पदमुक्त भएका थिए । अदालतको सफाईसँगै दुबै जना नगरपालिका फर्केर काम गरिरहेका थिए ।
सर्वोच्चमा पुनः मुद्दा पुनरावेदन भएपछि कानूनतः दुबैको पद निश्क्रिय भएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।