२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लालिमा’को टिजरमा यौनकर्मीको कथाव्यथा



 

काठमाडौं
नेपाली चलचित्रमा यौनकर्मीको कथाव्यथा विरलै समेटिएको पाइन्छ । समाजमा लुकाइएको यौन जीवनको छुट्दै कथा बोकेको चलचित्र ‘लालिमा’को टिजर भर्खरै सार्वजनिक भएको छ ।

फागुन २९ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रको टिजरमा रोशनी कार्की एकल फिचर्ड छन् । टिजरमा फिल्मकी शीर्ष नायिका उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ । टिजरमा चलचित्रको कथा सस्पेन्स राखिएको छ ।

‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।

चलचित्रमा रोशनीसहित नायकहरु शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ । फेथ आस्थाले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् ।

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।