६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्रको सफल बनाउन गीतसङ्गीतको भूमिका



काठमाडौँ
चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको कलाकारहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका धेरै चलचित्र गीतसङ्गीतकै कारण सफल भएका प्रसस्तै उदाहरण छन् ।
सङ्गीतकार अर्जुन पोखरेल चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रुपमा लिइए पनि यसतर्फ लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय चलचित्र बन्न नसकेको बताउछन् ।
“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ । तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन”, सङ्गीतकार पोखरेलले भनेका छन् ।
सङ्गीत दिएको ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । तर, पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।
“केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा पनि प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि  त्यसलाई प्रचारको रुपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ”, सङ्गीतकार पोखरेलले भने ।
निर्देशक पुर्नेन्दु झाको पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बुझाइ छ । गीतसङ्गीतकै कारण आम दर्शकलाई चलचित्रको बारेमा जानकारी हुनेगरेको उनको भनाइ छ ।
“चलचित्रको प्रचारप्रसार गीतमार्फत सुर हुने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य श्रव्यदृश्यलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने।
उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफल पनि भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।