७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘कुमारी’ निर्माता महेन्द्र अधिकारी कति जिम्मेवार ?



काठमाडौं

चलचित्र ‘कुमारी’ निर्माता महेन्द्र अधिकारीले एउटा जिम्मेवार निर्माताको भूमिका देखाएका छन् ।
गएको माघ २३ गतेबाट प्रर्दशन सुरु भएको चलचित्र ‘कुमारी’ले अपेक्षित व्यापार गर्न नसेकपनि उनी निराश भने छैनन् । बरु व्यावसायिक असफलता एउटा पाठ सिकाएको अनुभव गरिरहेका छन् । उनले चलचित्रको बक्अफिस कलेक्सन लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन् ।
समिक्षकहरुको राम्रो प्रतिकृया पाएको यस चलचित्रले देशभर निर्वाचनको माहौल र अत्याधिक चलचित्रको भीडमा परेर दर्शकहरुको साथ पाएन । हेर्ने दर्शकहरुले चलचित्र मन पराएपछि निर्माता अधिकारीको गोजी रित्तो छ । तर पनि उनी एक परिपक्व व्यवसायी झैँ यसको निर्मम समीक्षा गर्न तयार देखिन्छन्।

चलचित्रलाई विशुद्ध व्यवसाय मान्न्ने निर्माता अधिकारी भन्छन् “हरेक व्यवसायको उद्देश्य नाफामूलक हुनुपर्छ,“ भन्छन्,“व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्छ।“ तर पनि उनी विगतका कमजोरीहरूलाई लिएर रुमल्लिनुको साटो अत्यन्त संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन्। “कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्दछु,“ उनको आत्मविश्वास छ।

अग्रज सिनेकर्मीहरूको अनुभव र आफ्नै भोगाइलाई मिसाएर आगामी दिनमा अझ परिपक्व योजनाका साथ आउने उनको तयारी छ।

’कुमारी’ को व्यावसायिक असफलताले उनलाई गलाएको छैन, बरु अझ जिम्मेवार बनाएको छ। “कुमारी एउटा विशुद्ध प्रेमकथा मात्र थिएन, यो समाजले अझै पनि स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य थियो,“ उनी निष्कर्ष निकाल्छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।