ललितपुर ३मा रास्वपाबाट उम्मेदवारी दिएकी तोसिमा कार्कीको पक्षमा जनलहर देखिएको छ । अहिलेसम्मको मत परिणाम अनुसार उनले प्रतिश्पर्धीभन्दा ६ गुणा धेरै मत पाएकी छन् ।
प्राप्त मत परिणाम अनुसार १२ह जार २ सय ८३ गणना हुँदा उनले ८ हजार ६ सय ९८ मत पाएकी छन् ।
उनको निकटम प्रतिश्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र महर्जनले १ हजार ४ सय ९९ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले ८ सय ८६ मत पाएका छन् । जिल्लामा नेकपा एमालेका सन्दनकुमार थापाले ६ सय ६८ मत पाएका छन् । अपरान्ह १ बजेसम्म ललितपुर महानगरको ३, २४, २३,२९, २८ वडाको मात्रै मत गणना भएको हो ।








प्रतिक्रिया