२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १मा रास्वपाका बुद्धरत्न महर्जन विजयी



पाटन (ललितपुर)
ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३ सय ७३ मतका साथ विजयी भएका हुन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८ सय ५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५ सय २० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५ सय ४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् ।

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७ सय ३७ मतदाता रहेकामा ५२ हजार ६ सय ३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।