चापागाँउ
रामनवमीको पवित्र अवसर पारी श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा गोदावरी नगरपालिका १३ झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान २०८२ शुभारम्भ भएको छ ।
बिहीबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलेसो अनुष्ठानको शुभारम्भ गरेका हुन् ।
विहीबारबाट सुरु भएको भक्ति अनुष्ठान अनुष्ठान यही १३ गतेसम्म चल्नेछ । अनुष्ठानको शुभारम्भसँगै सयौं भक्तजन एवं खैजडी भजन टोलीले कलशयात्रा गरिएको थियो ।
आध्यात्मिक चिन्तनद्वारा राष्ट्रशान्ति,लोककल्याण,समस्त जीवात्माहरुको सुखशान्ति एवम समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको उद्देश्यले बनौँ श्रवणकुमार ज्येष्ठ नागरिक तीर्थयात्राको पवित्र उद्देश्य राखी आयोजना गरिएको कार्यक्रममा आचार्य श्री गोविन्दशरण दाहालबाट कथावाचन भइरहेको छ ।
देशव्यापी १०८ श्रीमदभागवत सङ्कल्प अभियानकर्ता तथा परिषदका अध्यक्ष मुमुक्षु उद्धव शर्माका अनुसार आध्यात्मिक जागरण अभियानस्वरुप आयोजना गरिएको अनुष्ठान सम्पन्न भईसकेपश्चात उक्त स्थानमा ज्येष्ठ नागरिकको लागि पवित्र धाम विकासको कार्य अगाडि बढ्नेछ । झरुवाराशीमा रहेका ेआश्रममा सात सप्तालय सञ्चालनको परिकल्पना गर्दै अनुष्ठान सुरु गरिएको अध्यक्ष शर्माले जानकारी दिएका छन् ।
बिहीबारको उद्घाटन कार्यक्रममा नगरप्रमुख महर्जन सहित वडा नं १३ का वडाध्यक्ष भास्कर थापा स्थानीय बुद्धिजीबी समाजसेवा एबं पत्रकारहरुको बाक्लो उपस्थिती थियो।
आगामी चैत्र १२ गतेभक्ति अनुष्ठान समापनसँगै झरुवाराशी चापागाँउका ऐतिसिक मठ मन्दिरहरुमा भगवान रामसिताको रथयात्रा आयोजना हुँदैछ ।








प्रतिक्रिया