१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेत्री दिव्यालाई ‘नेपोबेबी’को छाप मेट्न सकस



 

ललितखबर

अभिनेत्री दिव्यालाई ‘नेपोबेबी’को छाप मेट्न सकस देखिएको छ ।
उनी जहाँ उपस्थित हुन्छिन् पत्रकारहरुले वुवा दिलिप रायमाझीको नामसँग जोडेर प्रश्न गरिदिन्छिन् । अभिनेत्री दिव्या पनि आफ्ना वावु दिलिप रायमाझीको प्रेरणाले चलचित्र क्षेत्रमा प्रवेश गरेको चर्चा गर्दै ‘नेपोबेबी’को छाप गहिरो बनाउन सघाउछिन् ।

केही दिन अघि ललितपुरमा भएको चलचित्र बेहुलीको शुभमुहुर्तमा वुवा दिलिपसँग काम गर्न आफू उत्सुक रहेको खुलासा गर्दै घरमा कुराकानी समेत भइरहेको तथ्य सार्वजनिक गरिदिइन्।

चलचित्र एक्टर टेक वानमार्फत चर्चित अभिनेता प्रदिप खड्कासँग स्क्रिन शेयर गरेकी दिव्याले सफल हुनै पर्ने अवसरसँगै चुनौतीको भारी बोकेकी थिइन्।

उनी कृषा चौलागाईको महत्वकाक्षी चलचित्र पिताम्बरले पनि भनेजति सफलता चखाउन सकेन दिव्यालाई । पछिल्लो चलचित्र वरिष्ठ बलराम पनि उनका लागि फाप सिद्ध भएन । आउँदो चैत्र २७ गतेबाट प्रर्दशनको तयारीमा रहेको रामनाम सत्य चलचित्रल ‘नेपोबेबी’को छाप मेटाउन दिव्यालाई अवसर छ ।

चलचित्रहरु मायाप्रिती र बेहुली सफल होलान् या नहोलान्। जवसम्म बक्सअफिसमा सफल चलचित्रको नाम लेखाउनन ्उनीमाथि नेपोबेबीको ट्याग लागि नै रहनेछ ।

हुन त चलचित्र क्षेत्रमा पाइला टेकेपछि उनलाई एक पछि अर्को ठूलो व्यानरको चलचित्रमा अनुबन्धित हुने अबसर पाएकी छिन् । विज्ञापन बजारमा समेत उनको नाम बन्ने क्रममा छ ।

दिलिप रायमाझीकि छोरी भएकै कारण उनलाई सिनेमा पाउन समस्या भएन । तर आफूलाई प्रमाणित गर्न दिव्याले थप मेहनत गर्नु पर्नेछ । पछिल्लो दिनमा उनको प्रयास कम भने छैन । आफूलाई सुन्दरी देखाउन दिव्याले शरीर पातलो बनाएकी छिन् । आफूले चलचित्र बेहुलीका लागि भरपुर तयारी गरेको भन्दै दिव्याले चलचित्र प्रर्दशनपछि चर्चा हुने दाबी समेत शुभमुर्हूतमा गरेकी छिन् ।

पछिल्लो समय चलचित्रको बाढी र दर्शकमा आएको परिवर्तित सोचले चुनौती बढेको छ । ‘नेपोबेबी’को छाप मेट्न कठीन छ दिव्यालाई ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।