१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार जना मिलेर एक युवकलाई कुटपिट गरेपछि निधन



टक्सार (भोजपुर)

कुटपिटबाट एक युवकको निधन भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

षडानन्द नगरपालिका १३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन् । उनका अनुसार षडानन्द नगरपालिका १३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए ।

षडानन्द नगरपालिका १४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मङ्गलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।