२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागढुङ्गा सुरुङमार्गबाट बस चलाउदा ६० देखि  ६ सयसम्म शुल्क तोकियो



काठमाडौँ
नागढुङ्गा सुरुङमार्गबाट बस चलाउदा ६०  देखि ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ ।
मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि रु १ सय १५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक ९सिङ्गल रियर एक्सल० प्रति सवारीसाधन प्रवेश गर्दा रु २ सय ६० र बाहिरिँदा रु २ सय शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६ सय र बाहिरिँदा रु २ सय ५० तोकिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।