१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


जितु नेपालको ‘कार्की साइँला’को रुपमा झुल्किए



 

हास्य कलाकारको रुपमा काँचो पर्दामा लामो समय राज गरेका कलाकार जितु नेपाल पछिल्लो पुस्ताका चर्चित कलाकार हुन् । उनी केही बर्षदेखि ठूलो पर्दामा देखिन थालेपछि बक्सअफिसमा हिट हुँदैछन् ।
नयाँ बर्षमा नयाँ चलचित्र ‘कार्की साइँला’को पात्रको रुपमा झुल्केका छन् । निर्माण पक्षले उनको तस्विर अंकित पोस्टर सार्वजनिक गरेको हो । पोस्टरले चलचित्रबारे केही तथ्य खुलासा भएको छ भने विषयवस्तुबारे दर्शकमा थप कौतुहल जगाएको छ ।

निर्माण पक्षले जितु नेपालको मुख्य भुमिका रहेकोयस चलचि ‘कार्की साइँला’को पोस्टरसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा चलचित्र मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ। उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिडिरहेकोको पनि देख्न सकिन्छ। साथै आकाशमा चराहरु उडिरहेका छन्। चलचित्र कथाको केहि अंश पोस्टरमा नै रहेको अनुमान गर्न सकिन्छ।

साथै पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ। एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन्। ति को हुन् त भन्ने दर्शकमाझ कौतुहलता पैदा गर्छरु पोस्टरमा जितुलाई निकै आकर्षक र फरक लुक्समा देख्न सकिन्छ। ताकी उनको यो फिल्म अहिलेसम्मकै फरक छ।

हास्य कलाकारका रुपमा परिचित जितुलाई यस चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले एक भरियाको कथामा प्रस्तुत गरेका छन्। जुन सार्वजनिक पोस्टर हेर्दै थाहा हुन्छ। नेपालको पुर्वी जिल्ला धनकुटा,सुनसरीको बराहक्षेत्र,चतरा लगायस्थानमा खिचिएको यो चलचित्र जितु नेपालका अलवा प्रियना आचार्य ९मुन्नी०,सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। चलचित्रको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रमा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। यस चलचित्रको वितरण कुबेर फिल्मस्ले गर्दैछ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।