५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


वैशाख महिनामा पाँच नयाँ चलचित्र प्रर्दशन



ललितखबर
यो वैशाख महिनामा पाँच नयाँ चलचित्र प्रर्दशन हुने तय भएको छ ।
चलचित्र विकास वोर्डका अनुसार गएको नयाँ वर्ष शुभारम्भका दिन तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र पहाड प्रर्दशन सुरु भएको छ । यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापालगायत कलाकारहरुको अभिनय रहेको छ ।
वैशाखको पहिलो शुक्रबार कुनै नयाँ चलचित्र प्रर्दशनको तालिका नभए पनि दोश्रो साता वैशाख ११ गते लक्ष्मण सुनार निर्देशत चलचित्र परालको आगो हलमा लाग्दै छ । यस चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, श्रृजना थापालगायत कलाकारहरुको अभिनय हेर्न पाइन्छ ।
तेश्रो शुक्रबार वैशाख १८ गते यम थापाको निर्देशनमा बनेको चलचित्र लाली बजारको प्रर्दशन तालिका छ । यस चलचित्रमा स्वस्तिमा खड्का र रविन्द्रसिंह बानियालगायतको अभिनय हेर्न पाइन्छ ।
यो महिनाको अन्तिम शुक्रबार वैशाख २५ गते प्रेम एसओआई सुनारको निर्देशनमा बनेको चलचित्र गुरु आमा प्रर्दशनको तयारीमा छ । चलचित्रको शिर्ष भूमिकामा गौरी मल्ल र मिथिला शर्मा छिन् ।
सोही दिन प्रकु पाण्डेको चलचित्र मालती मंगले प्रर्दशनको तयारीमा छ । गायक रामकृष्ण ढकालको निर्माण रहेको चलचित्रको शिष भूमिकामा वर्षा राउत र विजय बरालको जोडीलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।