११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘परालको आगो’ प्रदर्शनमा 



 

आज शुक्रबारबाट देशभरका चलचित्र भवनमा चलचित्र ‘परालको आगो’को प्रदर्शन सुरु भएको छ।
देशभरका चलचित्र भवनहरुका डेढ सयभन्दा बढि शो पाएको यस चलचित्र हेर्ने दर्शकहरुको भीड देखिएको छ ।

चलचित्रका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए।
निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्।

रनटाइम १३५ मिनेट लामो यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको यो गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट लिएको हो। त्यसले पनि दर्शकको यो चलचित्रप्रति दर्शकको चासो बढेको हो।
चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस चलचित्रमा लगानी सुशील पोखरेलले गरेका छन्। यस चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिचलचित्रको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।

साथै चलचित्रको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस चलचित्रलाई नेपालभरको चलचित्रको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।