१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारको नाम गोप्य, चलचित्र ‘अक्षरा’ घोषणा



कलाकारको नाम गोप्य राख्दै चलचित्र ‘अक्षरा’ निर्माणको घोषणा गरिएको छ ।

निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको हो। निर्माण टिमले मंगलबार चलचित्रको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ। पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ। यस आधारमा चलचित्र नारीप्रधान हुन सक्ने अनुमान गरिएको छ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको छायांकन आगामी वैशाख २७ गतेबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ। यद्यपि,

चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले कलाकारलाई गोप्य राख्दै दर्शकमाझ कौतूहलता सिर्जना गर्ने रणनीति अपनाएको देखिन्छ।

राजन दुलाल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन ढुंगानाले नै लेखेका हुन् भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन्।

निर्देशक पौडेलका लागि ‘अक्षरा’ डेब्यु निर्देशन चलचित्र हो। यसअघि उनले दर्जनौं नेपाली चलचित्रमा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। लामो अनुभवका आधारमा उनले आफूलाई निर्देशनका लागि तयार ठानेर यो फिल्ममार्फत निर्देशकको रूपमा यात्रा सुरु गर्न लागेका हुन्।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।