१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


महानायक राजेश हमाल ’ज्यू ज्यू सोल्टी’मा करुनासँग रोमान्टिक देखिए



महानायक राजेश हमाल गायिका तथा मोडल करुना राईको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीतको भिडियोमा रोमाञ्टिक देखिएका छन् ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्टिक शैलीको ज्यू ज्यू सोल्टी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
राजकुमार बगर र करुना राइको स्वर, हरि सापकोटाको शब्द र शंकर बराइलीको संगीत रहेको यो गीतको भिडियोमा महानायक राजेश हमाल र करुना राइको मोडलिङ छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् ।

रामकृष्ण चौलागाइको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीत सार्वजनिक कार्यक्रममा गायिका करुना राइको जन्मदिन समेत सेलिव्रेशन गरिएको थियो । राजेश हमालको साथमा विशेष अतिथीको रुपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिए ।

नायक हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको पाटो भएको भन्दै कलाकारहरुले हरेक प्रकारका काम गर्न सक्नुपर्ने बताए । गायिका करुना राइले राजेश हमालसँग पाँचौ पटक भिडियोमा सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको सुनाइन् । यस्तै, नायक धिरेन शाक्यले राजेश हमाल र करुना राइको जोडी निकै राम्रो देखिएको भन्दै गीतको प्रशंसा गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।