काठमाडौं
उपन्यासकार रेबीबज्राचार्यको उपन्यास ‘प्यारी छोरी माया’आइतवार ललितपुरमा लोकार्पण गरिएको छ ।
पाटन बखुंबहालस्थित लोक साहित्य परिषद्को सभाकक्षमा आयोजित एक समारोहमा कथाकार ध्रुव मधिकर्मी, अधिवक्ता विष्णु बस्यालर सामाजिक अभियन्ता राजाराम तण्डुकारलगायतका व्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।
सार्वजनिकीपछि कृतिमाथि समीक्षा गर्दै कथाकार ध्रुव मधिकर्मीले उपन्यासले स्वच्छ र हिंसामुक्त समाजको पक्षमा स्पष्ट सन्देश दिएको बताए ।
उनले समाजमा बढ्दो हिंसा र यातनाबाट पीडित महिला तथा बालबालिकाप्रति अभिभावकीय जिम्मेवारी, न्याय र संवेदनशीलताको आवश्यकता औंल्याएको उल्लेख गरे ।
लेखिका रेबी बज्राचार्यले देश–विदेशम ामहिलामाथि भइरहेका हिंसा र विभेदका घटनाले आफूलाई प्रभावित पारेकाले त्यसलाई साहित्यमा उतारेको बताइन् ।
सिर्जना अभियान समाजले प्रकाशन गरेको उपन्यास महिला तथा बालबालिका माथि हुने हिंसा र यौनशोषणको विषयमा केन्द्रीत छ ।
२२ बैशाख २०८३, मंगलबार
50
Shares








प्रतिक्रिया