२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र लालीबजारको प्रदर्शनमा रोक लगाउन माग



चलचित्र लालीबजारको प्रदर्शनमा रोक लगाउन माग गर्दै प्रर्दशन गरिएको छ ।

बादी समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी चलचित्र ‘लालीबजार’ निर्माण गरिएको दाबी गर्दै केही बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू बोकेको देखिन्थ्यो।

बादी समुदायको इतिहासलाई बङ्ग्याएर चलचित्र निर्माण गरिएको उनीहरुको आरोप छ ।
उनीहरुले भ्रामक सन्दैश फैलाउने चलचित्र प्रर्दशन गर्दा बादी समुदायको आत्मसम्मानमा चोट पुग्ने तर्क गरेका छन् ।

चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ ।

यो चलचित्रको विषयबस्तुमा उच्च अदालत पाटनमा रिट परेपछि अन्तरिम आदेश दिएको कारण गत वैशाख १८ गते प्रर्दशन रोकिएको थियो । अदालतले चलचित्र प्रर्दशन गर्न अनुमती दिएपछि गतशुक्रबारबाट प्रर्दशनमा आएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।