५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ब्लकबस्टर निर्देशक दीपकद्वारा दोस्रो चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त



काठमाडौं
चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो ।

निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् । उनको पहिलो सटले सिनेमाको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ ।

शुभमुहूर्तमा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ । चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका चलचित्रको छायांकन हुनेछ । यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।

गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन् । ‘परान गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र हो ।

उनै ब्लकबस्टर निर्देशकले नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका गरेका हुन् । यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रमा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला ९कक्रोज०, सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा छन् ।

कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।

सोसल ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ ।

उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।