१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोदावरीमा रूखमा अड्किएका व्यक्तिको उद्धार



काठमाडौँ
सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका ११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ ।
  सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न  रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका  थिए ।
उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।