७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र कमला मिसको टिजरमा छछल्कियो पिडा र मनोविज्ञान



 

भर्खरै चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक भएको छ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशनमा बनेको यस चलचित्रको टिजरमा मनोवैज्ञान र पिडा छछल्किएको बुझिन्छ । टिजरले दर्शकलाई झन् उत्सुक बनाएको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित चलचित्र ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यस चलचित्रमार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेहा हुन् । उमेश मल्ल ,चैतन्य प्रधान ,रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’ कार्यकारी निर्माता हुन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा ९प्रेम भोम्जन० रहेका छन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह , प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।

‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।