१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरका फूयाँल समन्वय समिति अध्यक्षमा चयन




पाटन

जिल्ला समन्वय समिति महासङ्घको अध्यक्ष पदमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूयाँल सर्वसम्मत निर्वाचित भएका छन् ।

महासङ्घको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएर फूयाँलको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक नवराज गेलालले जानकारी दिएका छन् ।

त्यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम र उपाध्यक्षमा कास्कीका लिलाधर पौडेल, महासचिव पदमा रसुवाका अशोककुमार घिमिरे चयन भएका छन् ।

त्यस्तै, उपमहासचिवमा बागमती प्रदेशबाट राजेन्द्रविक्रम सिं ठकुरी, मधेस प्रदेशबाट सचिवमा दिनेशकुमार महतो र कर्णाली प्रदेशबाट कोषाध्यक्षमा श्यामकुमार रोकाया निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा कोशीबाट टेकराज भट्टराई र सुमन शाक्य, मधेस प्रदेशबाट जितेन्द्रकुमार महतो, राम अयोध्या यादव, उषा झा र दिलीपकुमार लामा, गण्डकी प्रदेशबाट श्रीप्रसाद जिटी, दिलकुमारी खत्री, खड्गराज सुवेदी, अम्बरबहादुर थापा र सोमबहादुर जिसी, लुम्बिनी प्रदेशबाट नित्यानन्द शर्मा, जीवनारायण कोइराला र कर्मलाल परियार, सुदूरपश्चिम प्रदेशबाट टीकाकुमारी चौधरी, नरबहादुर बोहरा र अमर सिं ठगुन्ना, कर्णाली प्रदेशबाट तुल्सीराम रोकाया, केशवबहादुर शाही, नवराज शाही, गौरीनन्द आचार्य र शिवराज शर्मा, बागमती प्रदेशबाट सन्तोषी देवकोटा, अप्सरा ढुङ्गाना, नानु कार्की, बाबुलाल योन्जन, कल्पना काफ्ले र ग्रोनु सुनार निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक गेलालका अनुसार संस्थाको विधान–२०५२ ९संशोधनसहित० बमोजिम अघि बढाइएको निर्वाचन प्रक्रियाबाट महासङ्घको नयाँ नेतृत्व चयन भएको जानकारी दिएका छन् ।  

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।