१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


गोदावरी नगरका मेयर गजेन्द्र, प्रशासक मानबहादुर र नगरप्रहरी उत्सवविरुद्ध अपहेलना मुद्धा




ललितखबर
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र नगर प्रहरी इन्सपेक्टर उत्सव विष्ट विरुद्ध खानी सञ्चालकहरुले अपहेलना मुद्धा दर्ता गराएका छन् ।
ललितपुर जिल्ला अदालतले जारी गरेको अन्तरिम आदेश पालना नगरेको नगराएको भन्दै मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालिले जिल्ला अदालतमा अदालतको अपहेलना गरेको जिकिर गर्दै मुद्दा दर्ता गराएको हो ।

गएको माघ ४ गते अदालतले गोदावरी ७ मा विधिवत रुपमा दर्ता भई सञ्चलनमा रहेको खानी मापदण्ड पुरा गरेर सञ्चालन गर्न आदेश दिएको भए पनि नगर प्रहरीले उपकरणहरुमा ताल्चा लगाइदिने, चर्को जरिवाना असुल गर्ने र कर्मचारीहरुलाई डर धम्की दिने गरेको दावी गर्दै कम्पनीको तर्फबाट विष्णुहरि कोइरालालाई वारेनामा दिएर मुद्दा दर्ता गरिएको छ ।
निवेदनमा मेयर महर्जन, प्रशासक खड्का र नगरप्रहरी विष्टलाई कानून अनुसार १० हजार जरिवाना र एक वर्ष जेल सजायको माग गरिएको छ ।
यद्यपी गोदावरी ७ देविचौर क्षेत्रमा केदारप्रसाद तिमल्सिनाले सञ्चालन गरिरहेको सो खानीले स्थानीय बासिन्दालाई पहिरोको जखिम बढेको भन्दै गुनासो गर्ने गरेका छन् ।
सञ्चालक तिमल्सिना नगरपालिकाले समन्वय गरेर खानी सञ्चालन गर्ने वातावरण बनाए आफूहरु स्थानीय बासिन्दाको जग्गा खरिद गरेर समस्या समाधान गर्न तयार रहेको बताउछन् ।
तिमल्सिना अदालतको आदेशपछि खानी नविकरण र करहरु चुक्ता गर्दा पनि सञ्चालन गर्न नगरपालिकाबाट अवरोध भएको गुनासो गर्छन् । भन्छन् नगरप्रहरीले डोजर, गाडीको विभिन्न सरसामानहरु समेत जफत गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।