१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कृषि गेम रियालिटी शो रअको पहिलो सिजन सम्पन्न, लक्ष्मण के.सी. र समृद्ध भन्तना बने विजेता



काठमाडौं

विश्वकै पहिलो कृषि गेम रियालिटी शोको पहिलो सिजन सम्पन्न भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित भव्य ग्राण्ड फिनालेमार्फत किसानतर्फ लक्ष्मण के।सी। र कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भएका हुन्।

https://www.youtube.com/@lalitkhabar

त्यसैगरी, वृक्षारोपणमा आधारित भोटिङ प्रणालीबाट प्राप्त अंकका आधारमा कृषि प्राविधिक सुमन बिमलीका विजेता बने।

महानायक राजेश हमाल महाहोस्ट रहेको करिब सात वर्षको अध्ययन, अनुसन्धान तथा तयारीपछि सञ्चालनमा आएको विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो हो। कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १ सय ६ किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो । विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेसम्म पुगेका थिए।

शैलेश कडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियानसमेत सञ्चालन गरेको जनाएको छ। विद्यालय जागरण अभियानमार्फत विद्यार्थीहरूलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्‍याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रमका क्रममा जानकारी दिइयो।

त्यसैगरी, प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो। ले इतिहासमै पहिलो पटक वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ। यस अभियानअन्तर्गत करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दाबी छ।

आयोजकका अनुसार पहिलो सिजनमै ले कृषि क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्दै सम्भावित विश्व कीर्तिमानी उपलब्धि हासिल गरेको छ। कार्यक्रमले प्रतिस्पर्धीलाई केवल विजेताका रूपमा नभई कृषि परिवर्तनका अभियन्ताका रूपमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
विजेता किसान तथा कृषि प्राविधिक दुवैले १३ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, किसानतर्फका विजेता लक्ष्मण के।सी। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका ब्रान्ड एम्बेसडर समेत बन्ने भएका छन्।

पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएसँगै रअले नेपालको कृषि, किसान, उद्यमशीलता तथा जलवायु सचेतनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।