२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र‘अक्षरा’को कोरियाका लागि प्रर्दशन अधिकार बिक्री



काठमाडौँ

निर्माणाधिन चलचित्र ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो चलचित्र दक्षिण कोरियाका चलचित्र वितरकले खरिद गरेका हुन्।

https://www.youtube.com/@lalitkhabar

कोरियाका लागि यस चलचित्रको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो। यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो चलसिचत्र हेर्न पाउने भएका छन्। यद्यपि, चलचित्र कति रकममा बिक्री भयो भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन। प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई चलचित्र क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।

सोनी थापा ९ढुङ्गाना०को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र विनय राज पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। अभिनेत्री न्यान्सीले यसअघि ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’मा काम गरिसकेकी छन्।

यस चलचित्र निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो।

चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्। यो चलचित्र आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।