२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सर्वनाम थिएटर बाल अभिनय प्रतियोगिता आयोजना गर्दै



नेपालको अग्रणी रंगमञ्च संस्था सर्वनाम थिएटर ले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले म पनि एक्टर राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ।

यस प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरिनेछन्, जसले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः रु। १० हजार, रु। ७ हजार र रु। ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट पाँच जना विजेतालाई सर्वनाम थिएटरद्वारा सञ्चालन हुने तीन महिनाको अभिनय प्रशिक्षण निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

आयोजकका अनुसार प्रतियोगिताले देशभर रहेका बालबालिकाको अभिनय क्षमता उजागर गर्नुका साथै भविष्यका कलाकारलाई व्यावसायिक रंगमञ्चसँग जोड्ने अपेक्षा गरिएको छ। विद्यालय, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले प्रतियोगितालाई अझ प्रभावकारी बनाउने विश्वास पनि संस्थाले व्यक्त गरेको छ।

प्रतियोगिताका लागि आवेदन दिने अन्तिम मिति २०२६ अगस्ट १० तोकिएको छ। आवेदन अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ। सर्वनाम थिएटरले देशभरका अभिभावक, विद्यालय तथा सांस्कृतिक संस्थाहरूलाई आफ्ना बालबालिकालाई प्रतियोगितामा सहभागी गराई उनीहरूको सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न आग्रह गरेको छ।

वि।सं। २०३९ ९सन् १९८२० मा स्थापना भएको सर्वनाम थिएटर नेपाली रंगमञ्चको अग्रणी संस्थाका रूपमा परिचित छ। चार दशकभन्दा बढी समयदेखि संस्थाले सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुमा आधारित नाटक मञ्चन, अभिनय प्रशिक्षण तथा नयाँ पुस्ताका कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।