काठमाडौँ
काठमाडौं उपत्यकासहित देशभरका ४४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहको छ
आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाका काठमाडाँै, भक्तपुर, ललितपुरसहित काभ्रेपलाञ्चोक, मकवानपुर,
पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।
गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ । बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।







प्रतिक्रिया