काठमाडौं
चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ ।
पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन् । आजका अधिकांश शो बिहानैबाट राताम्मे देखिएका छन् । कतिपय शो त फिलिङ फास्टमा गइरहेका छन् । अबेर साँझका शोमा बिहानै ८० प्रतिशतभन्दा माथि टिकट बिक्री भइसकेको देखिएको छ ।
दिउँसो, साँझका शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनबाटै बिक्री भइसकेको छ । यी शोमा शो टाइममा डोर सेलमा टिकट नपाउने अवस्था आएको छ ।
“अधिकांश हो बिहानै हाउसफूल भइसकेका छन् । त्यसैले हलमै गएर टिकट पाउन कठिन छ,” निर्देशक कपिल रिजालले भने, “यदि, कसैलाई समयको पावन्दी छ भने अगाडि नै टिकट काट्नु होला, किनकी हलमा गएर टिकट काट्छु भन्दा नपाइन पनि सक्छ ।”
दर्शकले राम्रो रिभ्यू दिँदा शोहरु होउसफूल हुन थालेका हुन् ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा। भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी छन् ।








प्रतिक्रिया