८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


करेन्ट लागेर सशस्त्र प्रहरी जवानको निधन




भद्रपुर

झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर निधन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको निधन भएको जानकारी दिएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम प्राप्त भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।