८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक



साउन

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो । हलको ठूलो पर्दामा गीतको भिजुअल प्रदर्शन गर्दै उपस्थित सञ्चारकर्मीमाझ निर्माण टिमले चलचित्र पहिलो गीतस्वरूप दर्शकका लागि सार्वजनिक गरेको हो ।

https://www.youtube.com/@lalitkhabar

यस गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ। नरेश बिबिसीले मिस्किङ तथा मास्टरिङ गरेका छन्। ‘कुल ब्वाई’का रूपमा अत्यधिक लोकप्रिय रहेका पारस बम ठकुरी, नायिका दिव्या रायमाझी, नायक शुसान्त कार्की र कलाकार पदम तामाङ यस गीतको भिडियोमा फिचर्ड छन्, जसको अनस्क्रिन केमेस्ट्री र डान्स स्टेपलाई पत्रकार भेटघाटमै निकै रुचाइएको थियो । सियोन श्रेष्ठले यस गीतको आकर्षक कोरियोग्राफी गरेका हुन् ।

कार्यक्रममा गीत सार्वजनिक गरेसँगै संगीतकार तथा निर्माता पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए । दर्शकहरूले यो गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सक्नेछन् ।

गीत सार्वजनिक भएसँगै चलचित्रलाई लिएर दर्शकमाझ थप उत्साह थपिएको छ । यसअघि चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो, जुन सामाजिक सञ्जाल र मिडियामा निकै चर्चित र भाइरल बनेको थियो । उक्त पोस्टरले सिर्जना गरेको बलियो हाइपलाई अहिले सार्वजनिक भएको यो नयाँ गीतले अझ उचाइमा पुर्‍याउने विश्वास निर्माण पक्षको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह(निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।