५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण घोषणा, कथावाचक साइग्रेस हिरो




काठमाडौं

चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण घोषणा गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरेर कथावाचक साइग्रेस हिरो
रहने गरि चलचित्रको घोषणा गरिएको हो ।

द्रव्य प्रोडक्सनको व्यानरमा हास्य चलचित्र ‘फलानो ढिस्कानो’निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो।

https://www.youtube.com/@lalitkhabar

पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ। जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ। हँसिलो अनुहारमा उनी देखिएका छन्। उनको कोटको गोजीमा चलचित्र पत्रकारको कार्ड बोकेको देखिएको छ।

अर्को पोस्टरमा भने उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेका छन्। जुन हेर्दा उनी पत्रकारको भुमिकामा रहेका देखिन्छन्। जहाँ उनी पठाओ बुक गर्दै गरेको बुझ्न सकिन्छ ।

कार्यक्रममा अभिनेता साइग्रेसले भने, ‘झमैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ। त्यसैले यो चलचित्रको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’

यो चलचित्रमा साइग्रेसका अलवा अन्य कलाकारहरुको नाम भने सार्वजनिक गरिएको छैन। निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ। यस चलचित्रलाई राजकुमारले निर्देशन गर्न लागेको हुन्। उनका अनुसार यो चलचित्र दसैंपछि छायांकनमा जानेछन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।