पाटन
सासंद जगदीश खरेल, ललितपुर महानगरका मेयर
चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पाटनको गुइत टोलस्थित नयाँ पुनस्र्थापित साँस्कृतिक सम्पदास्थल गुस्तल महाविहार
तथा प्रथमश्री महाविहारको आगमको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग करिब नेरु. १२ करोड लागतमा गुस्तल
महाविहार तथा प्रथमश्री महाविहारको आगमको पुनर्निर्माण गरिएको हो ।
कार्यक्रममा नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारीहरु, स्थानीय समुदायका
प्रतिनिधिहरु तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरुको पनि सहभागिता रहेको थियो
।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ वटा जिल्लाका ३० वटा
साँस्कृतिक सम्पदा स्थलहरुको संरक्षणमा सहयोग गरेको छ ।





प्रतिक्रिया