२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री वर्षा रमिला पाठकको भूमिकामा पर्दामा देखिने



अभिनेत्री वर्षा राउत हरिवंश आचार्यकी श्रमती रमिला पाठकको भूमिकामा पर्दामा देखिने भएकी छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको हो । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको छ ।

https://www.youtube.com/@lalitkhabar

हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।

“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ । निर्माण टिमले वर्षालाई अरुणको अपोजिटमा साइन गराउँदा उहाँले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक मिलन चाम्सले भने ।

हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहनेछिन् । किनकी अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।

वर्षाको केही समयअघि रिलिजको भएको चलचित्र ‘मालती मंगले’मा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।

म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।