अशोक दुलाल
ललितपुरको लगनखखेलस्थित सप्तपाताल पोखरी आजबाट सर्वसाधारणका लागि खुला हुने भएको छ ।
ललितपुरको महानगरका मेयर चिरीवावु महर्जनले पोखरीको समुद्घाटनसँगै सर्वसाधारणहरुका लागि खुला हुने भएको हो ।
मल्लकालीन पोखरी केही समय अघि मच्छिन्द्र स्कूल र केही भाग नेपाली सेनाले कव्जा गरेर विभिन्न संरचना निर्माण गरेपछि स्थानीय बासिन्दाले संर्घष गरेर फिर्ता ल्याएका थिए । स्थानीय अभियन्ताहरुले अदालतमा मुद्दामामिलापछि सो जग्गा सरकारका नाममा आएको थियो ।
मल्लकालीन पोखरी पुरानै अवस्थामा फर्काउन महानगरले पहल गर्दै पोखरी, पार्क र फल्चा निर्माण गरेको छ ।
मेयर चिरीवावु महर्जनले आफ्नो कार्यकालभित्रै पोखरी पुर्ननिर्माण सम्पन्न गर्ने, पोखरीमा कमलको फूल फुलाउने र वरपर जुनकुरी ल्याउने यसअघि नै घोषणा गरेका थिए ।
सप्तपाताल पोखरीपरिसरमा आज अपरान्ह औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।








प्रतिक्रिया