२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


तीजमा ४ चलचित्रको भीडन्त



अशोक दुलाल

सामान्यतयाः नेपाली चलचित्र हेर्ने दर्शक चाडपर्वमा बाक्लो हुन्छ । दशैं तिहारजस्ता हिन्दुहरुको पर्वमा चलचित्र भवनमा दर्शकको भीड लाग्छ ।
यो बर्ष हिन्दु नारीहरुको पर्व तीजमा ४ चलचित्रहरु एकै पल्ट हलमा लाग्ने भएका छन् ।

https://www.youtube.com/@lalitkhabar


आउँदो भदौं २६ गते शुक्रबारबाट चलचित्रहरु अक्षरा, पेन्सन पट्टा, बेहुली र मायाँ भनेकै यस्तै होला लाग्ने भएका हुन् ।


तीजको अवसरमा विनयराज पौडलको निर्देशनमा तयार भएको चलचित्र अक्षरामा न्यान्सी खड्का र सुशील सिटौलालगायत कलाकारहरुको अभिनय हेर्न पाइन्छ । सोही दिनबाट प्रर्दशन सुरु हुने चलचित्र पेन्सन पट्टाका निर्देशक माउत्से गुरुङ हुन् । यस चलचित्रमा अभिनेता दयाहाङ राई र गौमायाँ गरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।


ससान कडेँलको निर्देशनमा बनेको अर्को बहुप्रतिक्षित चलचित्र बेहुलीमा अभिनेत्री दिव्या रायमाझी र पारस विक्रम ठकुरी कुलव्याईको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ ।


त्यस्तै अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र माया भनेकै यस्तै होला चलचित्रमा नीति शाह, श्रृष्टि श्रेष्ठ र दिल श्रेष्ठलगायतको अभिनय हेर्न सकिन्छ ।


साथै, भदौं पहिलो शुक्रबार ५ गते प्रियंका कार्कीको निर्देशन र अभिनय रहेको चलचित्र मास्टर्नी, दोश्रो साता भदौं १२ गतेबाट अभिनेत्री नीतिा ढुंगानाको अभिनय र निर्देशनमा बनेको चलचित्र पार्वती र तेश्रो साता भदौं १९ गतेबाट विक्की अग्रवाल र श्रद्धा अर्यालको संयुक्त निर्देशनमा बनेको चलचित्र ककाकीकि प्रर्दशनको तालिका रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।