५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश



चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा विजय अनुबन्ध भएका हुन् ।

सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय सिनेमाको लाइनअपलाई थप कसिलो बनाउँदै प्रवेश गरेका हुन् ।

https://www.youtube.com/@lalitkhabar

“सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ ।”

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने यो लाइनअपल पुष्टि गर्दै गएको छ ।

यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।

सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।

चलचित्रको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।