५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मास्टर्नी’को आजबाट प्रदर्शन सुरु




ललितखबर
आजबाट चलचित्र ‘मास्टर्नी’ प्रदर्शन सुरु भएको छ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको यो चलचित्रआजदेखि देशभरबाट प्रदर्शनमा आएको हो ।

क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधाको यस चलचित्रको गत बुधबार राजधानीमा आयोजित प्रिमियरमा प्रशंसा पाएको थियो ।

चलचित्रमा आमा र छोरीको सम्बन्धको विषयबस्तु समेटिएको छ । चलचित्रमा अभिनेत्री प्रियंकासँगै दीपकराज गिरी, सिम्रन खड्का, आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, ऋचा शर्मा, जितु नेपाललगायतका कलाकारहरूको अभिनय हेर्न पाइन्छ ।

https://www.youtube.com/@lalitkhabar

चलचित्रको कथा शान बस्नेतको सहयोगमा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।