२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित



ललितपुर
२० असोज । निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको बन्दसत्रपछिको नेतृत्व चयन प्रकृयामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिहर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा चयन भएका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।