२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परदेशी २’ हेर्ने कलाकारले गरे डेव्यु अभिनेता प्रकाश सपुतको तारिफ



ललितखबर
२६ असोज । आजबाट प्रर्दशनमा आएको चलचित्र परदेशी २ हेरेर कलाकारहरुले चर्चित गायकको छवि बनाएका डेव्यु अभिनेता प्रकाश सपुतको अभिनयको तारिफ गरेका छन् ।
राजधानीमा शुक्रबार विहान भएको विशेष प्रर्दशनी गरेपछि अभिनेता दिपकराज गिरीले लामो समयदेखि क्यामेरा फेस गरेका गायक प्रकाश सपुतले राम्रो भूमिका निभाएको प्रतिकृया दिए । उनले नयाँ अभिनेताको छनक नै नदिएको अनुभव बाँडे । अभिनेता प्रकाश सपुतको आगमन सुखद देखिएको उनले बताएका छन् ।


नारायण रायमाझीको चलचित्र बनाउने शैलीलाई मौलिक भन्दै दिपकले संवेदनशील विषय उठाउने बताए । अभिनेता दिपकराज गिरीले अर्को दशैंमा नयाँ चलचित्र ल्याउने उद्घोष गर्दै चलचित्रको नाम फाइनल नभएको बताए ।
हास्य कलाकार मनोज गजुरेलले अभिनेता प्रकालगायतको कामको विषयमा टिप्पणी गर्दै चलचित्र नै कोषेढुंगा सावित हुने दाबी गरे ।
हास्य कलाकार हरिबंश आचार्यले चलचित्रले दर्शक मनोरञ्जनसँगै मार्मिक सद्येश दिने बताए । उनले भने चलचित्रमा गायक प्रकाश सपुतको दमदार अभिनय रहेछ । भने, ‘हेर्नलायक चलचित्र बनेको रहेछ ।’


अभिनेता प्रकाश सपुतले आजबाट अपिसियल हिरो भएको अनुभन बाँड्दै सबैले सकारात्मक प्रतिकृया पाएदा खुशी भएको बताए । दिपकराज गिरीलगायतका कलाकारले आफ्नोबारेका टिप्पण्ी गरेपछि उनी पुकलित देखिन्थे ।

चलचित्र हेरेर फर्कने दर्शकहरु आँखाको आँशु पुछ्दै फर्केको देखिन्थ्यो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।