२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


घाँस काट्दा लडेर घाइते कलाकार प्रकाश घिमिरे डिस्चार्ज



२३ कात्तिक । घाँस काट्ने क्रममा लडेर घाइते वरिष्ठ कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात बिहीबार डिस्चार्ज भएका हुन्। पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर घाइते भएका थिए।

उनको टाउको, छाती र ढाडमा चोट लागेको छ। घिमिरेलाई अर्को साता जाँचमा आउने गरी डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अभिषेक मास्केले जानकारी दिए।

अस्पतालबाट राम्रो सुविधा पाएकाले आफूलाई छिटो निको भएको कलाकार घिमिरेले बताए। उनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरमा लागेका चोटका कारण उनी अर्धचेत अवस्थामा थिए।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।