२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेलमा आज दुर्गा प्रसाईको प्रर्दशन, सहकारी पिडितलाई भेला हुन आह्वान



१६ मंसिर । व्यवस्था विरुद्ध निरन्तर आन्दोलन सुरु गर्ने भन्दै काठमाडौंको बल्खुबाट प्रर्दशन प्रारम्भ गरेका दुर्गा प्रसाईका समर्थकहरु आज लगनखेलमा भेला भएर प्रर्दशन गर्ने भएका छन् ।

राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले आज साडे ११ बजे लगनखेलमा भेला हुन आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

गणतन्त्र र संविधानको विरुद्ध प्रर्दशन गर्दै आएको व्यावसायी दुर्गा प्रसाईको समूलाई सरकारले निषेध र दमनको नीति लिएपछि सानो संख्या बोकेर प्रसाईको समूह काठमाडौंको विभिन्न ठाँउमा प्रर्दशन गर्दै हिडिरहेको छ ।
गतमंसिर ७ गते बल्खुमा प्रर्दशन गरेको यो समूहले ८ गते काठमाडौंको तीनकुनेमा प्रर्दशनको तयारी गरेपनि सरकारको धरपकडका कारण प्रर्दशन हुन सकेन ।
९ गते सिफल, त्यसपछि गौशाला हुदै शुक्रबार यो समूह प्रर्दशन गर्न शुक्रबार भक्तपुर पुगेको थियो ।
सहप्रवक्ताप्र्
प्रसाई समूहले मण्डव्यले राजतन्त्रको नारा छोडेर सहकारी पिडितलाई प्रर्दशनमा आउन आग्रह गरेको छ । सहप्रवक्ता माण्डव्यले सहकारी पिडितको हक हितका लागि लगनखेल जाऔं भन्ने नारा दिएर समर्थकलाई लगानखेल बोलाएका छन् ।
उनले सामाजिथक सञ्जालमा बित्तिय संस्थाहरुबाट ऋण लिनेहरु मात्रै नभएर विभिन्न बित्तिय संस्थाहरुमा रकम जम्मा गर्नु हुने निक्षेपकर्ता हरु पनि बित्तिय सस्थाहरुबाट पिडीत भएको उल्येख गरेका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।