५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सनमा अभिनेता भुवन र अभिनेत्री सर्मिला



काठमाडौँ
१६ मंसिर । सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडिया अभिनेता भुवन केसी र अभिनेत्री सर्मिला् मल्ल देखिएका छन् ।

राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक भिडियोमा अभिनेता भुवनसँगै अभिनेत्री शर्मिला मल्ल,अभिनेत्री गौरी मल्ल, सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाही को पनि अभिनय छ ।

राजधानीमा भिडियो सार्वजनिक कार्यक्रममा संगीतकार रञ्जित गजमेर,निर्माता मोहन सराफलगयत बाक्लो संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
३३ बर्ष अघि निर्माण भएको चलचित्र ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए ।
गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ । रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर रहेको छ ।
सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल, को अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन् । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ ।
गीतको भाव अनुसार भिडियोको कन्सेप्ट सुहाएको छ। भिडियोको टिमले मेहनतका साथ उत्कृस्ट भिडियो निर्मण गरेका छन्।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रन्जित गजमेरले ३३ बर्ष अघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने ‘त्यति बेला नारायण गोपाल र आशा भोष्लेले गीतमा न्याय दिएका थिए,दर्शक श्रोताले गीतलाई मन पराइदिनु भएको थियो अझै पनि नयाँ गायक गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा शिशिर भण्डारीको लेखन तथा निर्माणमा बन्ने सामाजिक वेब सिरिज ’फोटो फिरिम’माको औपचारिक घोषणा पनि गरिएको थियो । सिरिजलाइ सन्तोष राजबाहकले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।