२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको चौघरेमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ



ललितपुर
१७ मंसिर । दक्षिण ललितपुरको चौघरेमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरे तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका १ चौघरे बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।