१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चित्रा’ १० वर्षमुनीका बालबालिकाले सित्तैमा हेर्न पाउने



 

मंसिर २४ । पुस २७ गतेबाट प्रर्दशनमा आउने चलचित्र ’चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ।
घनश्याम लामिछाने निर्देशित

चलचित्र डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका छ ।

चलचित्रले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको बताएको छ । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशूल्क भएपनि अभिभावकले भने शुल्क तिरेर हेर्नु पर्नेछ ।

यो सँगै ’चित्रा’ नाम नाम भएकी बालिकाले नामको प्रमाणित कागजात पेस गरेमा ३ वटा टिकट निशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए।

उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो चलचित्र धेरै भन्दा धेरै दर्शकहरुले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकाहरुलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली चलचित्रको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए।

’यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ। यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ’, उनले भने,’म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ।’

’चित्रा’लाई आशिष थापा मगरले निर्माण गरेका हुन्।

चलचित्रमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन्।

महेश पौडेलले छायाँकन गरेको चलचित्रमा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ। चलचित्रमा पार्श्व संगीत शैलेश श्रेष्ठको छ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ।

यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।