२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रातको समयमा मासु पोलेकोजस्तो गन्ध फैलिएको प्रकरणः तीन जना पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

 

१९ कार्तिक ०७६ ललितपुर । काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा रातको समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे प्रहरीले एक रहस्य बाहिर ल्याएको छ ।

प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेसँगै यसको वास्तविकता पत्ता लागेको हो ।

स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए । गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

उनले त्यही जलाइएको गन्ध राति फैलिएको पनि बताएका छन् ।

उनीहरुमाथि वातावरण प्रदूषण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । फाइल तस्वीर

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ४८ बजे