२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बोलेरोले स्कूटरलाई ठक्कर दिएपछि युवतीको मृत्यु, चालक घाइते



ललितपुर
२५ पुस । ललितपुरको गोदावरीमा एक बोलेरोले स्कूटरलाई ठक्कर दिदा स्कुटरमा यात्रा गरिरहेकी युवतीको मृत्यु भएको छ भने स्कूटर चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ (हाडेगाउँ चोक) बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२–०४१ प ९४२२ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनाको बेला बोलेरोको अगाडिको टायर पञ्चर भएको अवस्थामा थियो । विपरित दिशामा गुडिरहेको बोलेरोलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कूटर चालकको नाम बतन भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।